Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुटवलमा १८ जना आइसोलेसनमा

बुटवल । प्रदेश ५ मा कोरोना शंकास्पद बिरामीको संख्या १८ पुगेको छ । शुक्रबारसम्म प्रदेश ५ मा १२४ शंकास्पद बिरामी भर्ना भएकामा शनिबार ६ जना शंकास्पद बिरामी थपिएका हुन् । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर उपचार गरायरहेका छन् । प्रदेश ५ मा चैत २२ गतेसम्म १३० जना कोरोना शंकास्पद बिरामी अस्पताल भर्ना भएकोमा हाल १८ जनामात्र उपचारमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका तथ्याङक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

कोरोना शंकास्पद विरामी मध्ये ८९ जनाको स्वाबको नमूना परीक्षण गरिएको र ७५ जनाको रिपोर्ट नेगेटिभ आएको वलीले बताए । १४ जनाको रिपार्ट आउन बाँकी रहेको उनले जानकारी दिए । कोराना शंका गरिएका बिरामीहरु नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज, सोही मेडिकल कलेजको कोहलपुर,आर्मी अस्पताल बांके,केन्द्रीय आयुर्वेद विद्यापीठ दाङ, बर्दिया अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पा,बुटवल धागो काराखानाको कोरोना अस्पताल, भीम अस्पताल भैरहवा लगायतका अस्पतालमा उपचाररत छन् । प्रदेश ५ मा कोरोना आशंकामा उपचारका लागि भर्ना भएका विरामी मध्ये कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन । प्रदेश ५ मा कोभिड(१९ का विरामीलाई उपचारका लागि चारवटा कोरोना विशेष सहित ३३ वटा अस्पतालमा ४ सय ४२ वटा आइसोलेसन बेड तयार रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरीले जानकारी दिए ।


सम्बन्धित समाचार