Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण माग गर्दै डुवान क्षेत्रका वासिन्दा माइतीघरमा प्रदर्शन

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन माग गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको आयोजनाको सरकारले निर्माण मोडालिटी पनि टुंगो लगाएको छैन । स्थानीय वासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् ।

माइतीघरमा गरिएको प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् । कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटविरुवाको मुआब्जा पनि नदिएको पुनर्बास, पुनस्र्थापनाका कामहरु नगरिएको भन्दै आयोजना प्रभावितले काठमाडौं केन्द्रित विरोध कार्यक्रम शुरु गरेका हुन् । डुवान क्षेत्रको जग्गा रोक्का गरी मुआब्जा वितरण पनि शुरु गरिसकेको अवस्थामा आयोजना लथालिंग छाड्दा डुवान क्षेत्रको वासिन्दा सुकुम्बासी हुने जोखिम बढेको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।

आयोजनाबाट न्युन मुआब्जा लिएका र डुवान क्षेत्रबाहिर बसोबासको बन्दोबस्त गर्न नसक्नेहरु अहिले बढी समस्यामा परेको उनले बताए । अहिलेसम्म घर, गोठ बोटविरुवाको मुआब्जा नदिएको, सुकुम्बासीलाई मापदण्ड बनाएर मुआब्जा दिने भनेर मन्त्रिपरिषदले निर्णय गरे पनि कार्यान्वयन नगरेको, दर्ता छुट भएका जग्गाको मुआब्जा नदिएकाले सडकमा आएको ढकालको भनाइ छ ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल