Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुद्धको नाममा बदनामको रजाइँ

काठमाडौं । जनताको जनमतको कदर नगर्ने राजनीतिक दलहरू घुस लिएर लुम्बिनी विकास कोष, बौद्धनाथ क्षेत्र विकास समिति, चिनियाँ लामा नियुक्ति, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी नियुक्तिमा गरेका अपराधले दलगत हैसियत गुमाउँदैछ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, बौद्ध घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लामा जस्ता विवादित चरित्रको माला लगाएर नेकपा माओवादीले कति पैसा कुम्ल्यायो ? किनकि यि नियुक्तिहरू तिनै संस्थाको ऐन विपरित छन् । यी सबै विवादित चरित्रले गरेका कामले विश्व सम्पदा सूचिमा परेका संस्थाहरूको गौरव बचेको छैन । माओवादी मुलुक बनाउन आएको शक्ति भएन । हरेक कुरामा पैसा खोज्ने पार्टी नेतृत्वलाई समाज र जनताको सरोकार हुने थियो भने भ्रष्टाचार र बिचौलिया प्रथाको अन्त्य गर्दै कृषक पेशाको सम्मान, मजदुर वर्गको हित, गरिखाने वर्गको कल्याण गर्ने योजना ल्याउनुपथ्¥यो । तर प्रधानमन्त्री प्रचण्डलाई पद जोगाउने काँग्रेसका लठैतसँग पनि सहकार्य गर्नु परेको छ । एमालेका तानाशाह केपी ओलीको निर्देशनमा चल्दा सहकारी ठगलाई गृहमन्त्री बनाएर देशमा ठग र भ्रष्टको बिगबिगी छ भन्ने देखाउनु परेको छ । माओवादीले च्यापेका चरित्रहरूको आर्थिक अपचलन विरुद्ध अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी थुप्रिँदैछन् । ती उजुरीमाथि छानविन हुँदा माओवादीको ऐना छर्लङ्ग हुने अवस्था छ ।


सम्बन्धित समाचार