Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुद्ध एयरका संस्थापक बस्नेत रहेनन्

काठमाडौँ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ । हवाई उडानलाई सहज र सरल बनाइ आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए । उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए ।