Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोभिड १९ महामारीविरुद्ध स्पेनले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने जानकारी पनि उनले दिइन् । स्पेनले कस्तो खालको सहयोग गर्न लागेको हो भन्ने यकिन भैसकेको छैन ।
राजदूत शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन् । राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपाललाई अत्यावश्यक मेडिकल सामाग्रीसहित बुधवार त्यहाँबाट काठमाडौंतर्फ आउन लागेको दूतावास स्रोतले जनाएको छ । विमान पनि स्पेन सरकारले नै चार्टर्ड गर्न लागेको हो । नेपाली दूतावासले नेपाल आएका बेला अड्किएका गैरआवासीय नेपालीको विवरण समेत संकलन गरिरहेको बताइएको छ ।
नेपाललाई मानवीय सहायता सामाग्री हस्तान्तरण गरेर विमान भोलिपल्टै फर्किनेछ । राजदूत शेर्पाले नेपाललाई सहयोगका लागि स्पेन सरकार र त्यहाँका गैरसरकारी निकायहरुसँग पनि पहल गरिररहेकी छन । यसअघि युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल