Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुबाको हत्या अभियोगमा सिमन पक्राउ

कञ्चनपुर । हँसिया प्रहार गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका(४ लालीगुराँस टोल बस्ने २४ वर्षीय सिमन रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५५ वर्षीय बाबु तौला रानालाई घरको आँगनमा हँसिया प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले सिमनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार