Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । एमालेभित्रको अन्तरकलहको छिनोफानो हुने छाटकाट छैन । उच्चस्तिरिय नेताहरु बिच भएको छलफल निष्कर्षमा नपुग्दै प्रधानमन्त्री केपि ओलीले संविधान मिच्ने कार्यलय अगाडि बढाउदा राष्ट्रिय राजनीतिमा उथलपुथल ल्याएको छ । राष्ट्रिपति र प्रधानमन्त्रीको संविधान विपरितको कार्यहरुलाई रोक्न राजनीतिक दलहरुलाई हम्मेहम्मे परेको छ । काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दहाल, जसपा अध्यक्ष उपेन्द्र यादव बिचको छलफल कसरी टुङ्गीन्छ थाहा छैन । यसै बिच एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल