Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन्। गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा बोल्दै प्रचण्डले राजनीतिक उतारचढावका कारण सय दिनसम्म काम गर्न नसकेको बताएका हुन्। उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तिब्रता पाउने दाबी गरे। ‘सरकारको एक सय दिन राजनीतिक रूपले अलि उतार चढावमय भयो,’ फेरिएको सत्तासमीकरणबारे प्रचण्डले भने,‘तर, जहाँ गएर ल्यान्ड हुनुपर्ने थिया त्यहीँ भयो। सरकारले पूर्णता पाइसकेको छ, राजनीतिक स्थिरता पनि कायम भइसकेको छ। अब कामले गति लिन्छ।’ आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताए। राम्रो काम गरेर जनता, राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा रहेको प्रचण्डले बताए।
प्रचण्डले परम्परागत विकासको मोडलमा नयाँपन ल्याउने प्रतिवद्धता व्यक्त गरे। ‘हिजो र आज विकासका लागि महत्वपूर्ण बैठकको आयोजना भयो। नीति, कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा पनि छौं,’ उनले भने,‘हिजो र आजको बैठकबाट परम्परागत विकासको मोडलमा नयाँपन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छौं।’ गोरखाबाटै निर्वाचित भएर आफू प्रधानमन्त्री भएकाले पनि गोरखाको विकासका निम्ति आफूले सक्दो पहल गर्ने प्रचण्डले बताए। गोरखाबाट निर्वाचित भएका जनप्रतिनिधि प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री भइसकेको र अब मुख्यमन्त्री पनि यहीँबाट हुने उनको भनाइ थियो। ‘तपाईंहरूले निर्वाचत गरेको जनप्रतिनिधि प्रधानमन्त्री हुने, यहीँबाट निर्वाचित नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री हुने, यहीँबाट निर्वाचित जनप्रतिनिधि सायद केही समयमा मुख्यमन्त्री हुने, यति हुँदा पनि काम भएन भने जनतामा निराशापन आउँछ,’ प्रचण्डले भने।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल