Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादीलाई सरकारमा बस्दा नचाहिएका जनता विपक्षमा पुगेपछि चाहिएको छ । कालो बजार र बेथितिविरुद्ध सडक खोजेको त्यो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा काँग्रेसका र एमालेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिएर शासन गरे । प्रचण्ड प्रम बन्दाको बेला र केपी ओली प्रम बनेको यो समय अन्तर छैन । माओवादीको विरोध सरकारमा छँदा भएन । किनकि सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा, दिपेश पुन पक्राउ पर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवदेखि गृहमन्त्री, पूर्व उपप्रधानमन्त्रीसम्म पक्राउ परेका थिए । माओवादीका विरुद्ध एमाले र काँग्रेस बोल्ने ठाउँ थिएन । सहकारी ठगी प्रकरणको रु ८७ अर्ब ८४ करोडको नालीबेली त्यही बेला आएको हो ।
भुटानी शरणार्थी बनाएर नेपाली युवा ठग्ने आरजुदेखि केपी ओलीका पिए राजेश बज्राचार्यसम्म पैसा बुझाएका बेचन झाको पक्राउले काँग्रेस र एमाले गठबन्धन बन्यो । माओवादीबाट एमालेमा रहेका रामबहादुर थापा बादल पुत्र प्रतिक थापा, श्रीमती नैनकला थापासम्मको अपराध बाहिरिएकै थिए । माओवादीले ओली सरकारको सय दिनको असफलता विरुद्ध सडक प्रदर्शन गर्न वागमती प्रदेश विशेष समन्वय कमिटी र पार्टी कमिटी मार्फत जबस मोर्चा परिचालन गरेको हो । विपक्षीको आन्दोलनप्रति सरकार तर्सनु पर्दैनथ्यो ।
सरकार विरुद्ध रास्वपा पनि सडकमा छ । सभापति रवि लामिछानेलाई कास्की, रुपन्देही, पर्सा र चितवनमा लैजाने सरकारी तयारी छ । जहाँ रविलाई लगिन्छ त्यहाँ रास्वपाको संगठन बढाउन सरकार नै लागेको छ । सरकारले यो बेला प्रमबाट दान लिएर भ्रष्टाचार खुला गर्दै विद्युतको महसुल नतिर्नेलाई सघाउँदै एनसेलको रु ६ अर्ब भ्रष्टाचार पनि गरेको छ । प्रधानमन्त्रीले आफूले गरेको भ्रष्टाचारलाई कानुनी रुपमा वैद्यता दिएका छन् । आफूले गरेका निर्णय सबै सहि ठान्ने तर देश र जनताको हितमा सिन्को नभाँच्ने सरकारले बाढी पीडितको पीडाको एक महिना पूरा हुँदासम्म सरकार पुगेको छैन । विपक्षी मोर्चाका राप्रपा पनि आफ्नै संगठन विस्तारमा छ । रास्वपा आन्दोलनमा छ । एकीकृत समाजवादी पार्टी विभाजन हुन्छ कि भन्ने पीडामा छ । सरकारमा सहभागी जसपा (राई) चुप रहे पनि नागरिक उन्मुक्ति र जनमतले प्रम ओलीको एकल निर्णय र बाढी पीडितको पीडाका बारेमा आक्रोश पोखेका छन् । प्रमुख प्रतिपक्षीले सरकारका कमी कमजोरी उचाल्नुपर्छ । तर त्यो बेला जनताको हितमा मुद्दाहरू चर्काउनुपर्छ । भ्रष्टाचार, महंगी, कालो बजार जस्ता बेथितिमा सरकारले हनिमुन डे बितायो । त्यो कमजोरीको कारण सरकार विपक्षीसँग डरायो । सरकारपक्षले सडकबाट सत्ता ढाल्न कोेशिश नगर भन्नुको कारण आफ्नै कमजोरी सच्याउन नचाहनु हो । माओवादीले एक पटक प्रदर्शन गरेर जिम्मेवारी पूरा हुँदैन । पार्टी गाउँ गाउँमा जनताको पीडामा सहकार्य गर्दै पुननिर्माणको अभियानमा जुट्न जरुरी छ । रास्वपा उदाउँदो पार्टी हो । रविका अपराधले एमाले काँग्रेसको संयुक्त भ्रष्टाचारलाई प्रतिवाद गर्र्ने ठाउँ छ ।
एमाले मिनबहादुर समूहमा द्वन्द्व
नेकपा एमालेमा केपी ओली पथबाट विचलन हुँदै मीनबहादुर पथमा पुगेको छ । भाटभटेनी पार्टीको रुपमा स्थापित हुन थालेको पार्टीमा विचार र सिद्धान्तले काम गर्न छाडेको छ । यो पार्टी राजनीतिक रुपमा व्यक्तिकरण, विचारका रुपमा दलाली करण हुँदै जाँदा अध्यक्षको चौथो कार्यकालमा राज्यले क्षति व्यहोरेको छ । सरकार कता के गर्दैछ जनताले पत्तो पाएनन्, किनकि बाढी पीडितको घर दैलोमा अझै सरकार पुग्न सकेन । एमाले युवा संघ माया प्रेममा भुलेको बेला पार्टी केन्द्रीय सदस्य सुनिता बराल र शोभा पाठकहरूको गन्थनले बालिका खड्कालाई सान्त्वता मिलेको अवस्था छ । अराजक सबै अोलीका विश्वासपात्र हुन् ।
अध्यक्षले आफ्नो स्वार्थमा पार्टी हिँडाउने एकल निर्णयलाई पार्टीको निर्णय भनाएर रमिता देखाउने चलन बढेको छ । पार्टीमा सामूहिकता भएन । अध्यक्ष केपी ओलीले जस्तो सोच्छन् त्यस्तै निर्णय गराउने गर्छन् । प्रधानमन्त्री ओलीका कारण सहमति र सहकार्यको राजनीति भत्केको हो । पार्टीको नाममा व्यापारीले गर्ने दान र उपहारले राज्य स्रोतमा असर गर्छ । भाटभटेनी सुपरमार्केट भ्याट छल्ने र सामान सप्लायर्सको भुक्तानी समयमा नगरी आत्मदाह गर्न बाध्य पार्ने कम्पनी हो । तर प्रम ओली आफ्नो स्वार्थ बाहेक अरु हेर्दैनन् भन्ने कुरा उनको एकल निर्णय हो । जुन निर्णय भवन शिलान्यास, जग्गा दानपछि भएको थियो । आफ्ना गलत कदमले देशको अर्थतन्त्र धरासायी भएको कुरामा प्रम ओली चासो दिँदैनन् । सत्ताको प्रसंसा बाहेक एमाले अध्यक्षको अर्को राष्ट्रिय अभियान छैन । मीनबहादुर काण्डले एमालेमा द्वन्द्व चर्काएको छ ।
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल