Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ। प्रधानमन्त्रीलाई फुटबलको पेले बनाएर मन्त्रीको जागिर जोगाएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अर्को कडा निर्देशन दिएका छन् । असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका पुस्तकमा निजी प्रकाशन गृहले पुरानै नक्सा छापेर पुस्तक विद्यालयमा बिक्री गरेको पाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाईनै विभिन्न व्यक्तिहरूले व्यक्तिगत रूपमै फोन गरेर सरकारले नयाँ नक्सा जारी गरेको अवस्थामा निजी विद्यालयले विद्यार्थीलार्ई वितरण गरेको पुस्तकमा पुरानो नक्सा छापिएको जानकारी गरएका थिए। त्यसपछि मन्त्री श्रेष्ठले बजार अनुगमनमै गएर पुराना नक्सा छापिएका किताब प्रकाशन गृहबाटै जफत गर्न निर्देशन दिएका छन्। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन समेत दिएका छन्। ‘मलाई धेरैले फोन गरेर पुरानो र कि नयाँ कुन नक्सा नानीहरूलाई पढाउने भनेर सोध्नुभयो,’ मन्त्री श्रेष्ठले भने, ‘सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा निजी प्रकाशन गृहहरूले विशेष गरी सोसल स्टडिज र समान्य ज्ञानका पुस्तकमा पुरानै नक्सा छापेर निजी विद्यालयमा पुस्तक बिक्री गरेको सूचना प्राप्त भएको छ।’ ‘यस्ता पुस्तक प्रकाशन गृहमै जफत गरेर कडा काराबही गर्नु। आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टिकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्नु,’ मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए। उनले बैठकमा प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको सूचना मन्त्रालयमै प्राप्त भएको जनाए। तर समयमा पुस्तक नपुग्ने विषयमा किन मन्त्रीको कडा निर्देशन आउन सक्दैन । चुच्चे नक्साकै मात्र चिन्ता हो कि भविष्यका कर्णधार बालबालिकाले समयमा पुस्तक नपाउनु पनि समस्या हो मन्त्रीज्यू ?
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल