Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गत बर्षको फागुणमा बिहे गरे । बिहेपश्चात उनीहरु लकडाउनमै छन् । लकडाउनको समयमा प्रियंका र आयुष्मानले दर्शकलाई खानाका विभिन्न परिकार बनाउन सिकाए । नयाँ घरमा रमाइरहेका आयुष्मान र प्रियंकाले समय मिलाएर दर्शकका प्रश्नको जवाफ पनि दिइरहेका छन् । बिहिबार दर्शकका प्रश्नको जवाफ दिने क्रममा प्रियंका र आयुष्मानले बिहेपछिको सम्बन्ध, बच्चाको योजना, नकारात्मक प्रतिक्रिया देखेपछि उत्पन्न हुने सोचाइको बिषयमा जवाफ दिए । एक फ्यानले प्रियंकालाई सोधे–‘लकडाउनमा आमा बन्नेबारे सोच्नु भएको छ कि छैन रु’ प्रियंकाले जवाफ दिदै भनिन्–‘म गर्भवती छैनँ । अहिले नै बच्चाको बिषयमा केही पनि सोचेका छैनौं । तर, म वाचा गर्छु जब हाम्रो सोच हुन्छ, म सबैलाई बताउनेछु ।’
नायिका कार्कीले आफूलाई नकारात्मक प्रतिक्रियाले खासै फरक नपर्ने पनि बताइन् । उनले भनिन्–‘पहिले पहिले त नकारात्मक प्रतिक्रिया आउँदा मैले पनि जवाफ फर्काएँ । कतिपटक त रोएकी पनि छु । तर, अहिले यसलाई मैले सामान्य रुपमा लिएको छु । मानिसलाई आफ्नो विचार राख्ने अधिकार हुन्छ । यसलाई कसरी लिने भन्ने हाम्रो कुरा हो ।’
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल