Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकको सीईओ राष्ट्र बैंकलेछान्ने

काठमाडौं । बैंकहरुलाई मर्जरमा जान दबाव दिइरहेको राष्ट्र बैंकले अब बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को स्वच्छता परिक्षण आफैले गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईओको स्वच्छता परिक्षण गरी मौद्रिक नीति तय गरिएको बताएका हुन्। उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओको छनौटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे।

डा. नेपालले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे। बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए। सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सीईओ नियुक्ती गर्दा पनि कार्वाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे।