Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बैंकहरुले आफ्नो तजबिजीमा ब्याज दर तोकेका छन्।
साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन्। सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरक फरक देखिने भएको छ।
आधाभन्दा बढी बैंकले घटाएका छन् भने केहीले स्थिर राखेका छन्। केही बैंकले भने ब्याज दर बढाएका छन्।
नबिल बैंकले ब्याज दर बढाएको छ। देशकै ठूलोमध्येको बैंकले भविष्यको व्यापारका लागि निक्षेपको जोहो गर्न ब्याज दर बढाएको छ।
यसअघि सबै बैंकको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ प्रतिशत थियो। नियामकीय प्रावधानअनुसार यसको १० प्रतिशतसम्मले घटाउन वा बढाउन सकिन्छ। यही व्यवस्थालाई टेकेर नबिलले मुद्दतीको अधिकतम ब्याज १०.४९ प्रतिशत पुर्याएको छ।
बैंकले अवधि हेरेर ब्याज पनि फरक फरक राखेको छ। मुद्दतीमा उसले कम्तिमा ९.४९ प्रतिशत ब्याज दिने छ। बचतमा बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ।
ब्याज बढाउनेमा प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक पनि छन्। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ। मुद्दतीमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।
एनएमबि बैंकले मुद्दतीमा फरक, फरक अवधिको ब्याज दर तोकेको छ। कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने छ। बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ। सार्वजनिक ब्याजमध्ये एनएमबिले धेरै दिने घोषणा गरेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआइसी एसियाको ब्याज दर सूचना प्राप्त भएको छैन। बाँकी १८ बैंकमध्ये कुमारी बैंकले अधिकतम १०.०१ प्रतिशत ब्याज दिने छ। न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने छ। बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने छ।
१० वटा बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले घटाएका छन्।
घटाउने दर पनि फरक, फरक छ। जस्तो राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशतमा मुद्दतीको ब्याज दर झारेको छ। प्रभुले मुद्दतीमा अधिकतम ८.९९ प्रतिशत दिने भएको छ। एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रेले ९, एभरेष्टले ९, स्ट्यान्डर्ड चार्टर्डले ९.९५ प्रतिशत, सिद्धार्थ ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत, कृषि विकास बैंक ९.५१ प्रतिशतमा झारेको छ।
हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल