Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंक अफ कोरियाले राष्ट्र बैंकलाई सघाउने

काठमाडौं। कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा अध्ययन अनुसन्धान गर्ने भएको छ। अध्ययनपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र बिस्तृत गरी दुई चरणको नीतिगत सुझाबसहित प्रतिवेदन दिने छ। यस सम्बन्धि आज बैंक अफ कोरिया( नलेज पार्टनरसिप प्रोग्रामसँग राष्ट्र बैंकले समझदारी गरेको छ। समझदारीपत्रमा राष्ट्र बैंक गभर्नर कार्यालयका निर्देशक गोबिन्द नागिला बैंक अफ कोरिया अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ जुङले हस्ताक्षर गरेका छन्।
बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको तेस्रो प६क हो। यसअघि समष्टिगत अर्थब्यवस्थाको प्रक्षेपण र भुक्तानीरफर्छ्योट प्रणालीको नीतिगत ब्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाब दिएको थियो।


सम्बन्धित समाचार