Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंक ह्याकर १२ जना समातिए

काठमाडौं । कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न १२ जनालाई उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनीक गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका(४ ठेगाना भएका ४३ वर्षीय लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका(५ ठेगाना भएकाहरु ४० वर्षीय लक्ष्मी लामा तामाङ २० वर्षीया निर्मला तामाङ तथा १८ वर्षीय निमा तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका(२ काभ्रेस्थली ठेगाना भएका २६ वर्षीय संजय घले, सर्लाही हरिवन नगरपालिका(२ ठेगाना भएका ४२ वर्षीय पुष्पराज खड्का, लम्जुङ दोर्दी गाउँपालिका(३ ठेगाना भएका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका(९ ठेगाना भएका ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ,
भक्तपुर ठिमी नगरपालिका(४ ठेगाना भएकी ३२ वर्षीया सुनिता श्रेष्ठ, काठमाडौं टेबहाल बस्ने भारत कलकत्ता घर भएका ३० वर्षीय शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका(३ ठेगाना भएका २२ वर्षीय विजय साह र कैलाली भजनी नगरपालिका(१ ठेगाना भएका ४५ वर्षीय चन्द्र बहादुर बुढा रहेका छन् ।
भारतको मुम्बईमा बस्ने बिदेशी नागरिक काले भन्ने पिटरले मुम्बईमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई नेपाली नागरिकहरूलाई प्रयोग गरी उक्त बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाली रहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
साथै कृषि विकास बैंकबाट हालसम्म ऐकिन भएको रकम ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँबानेश्वरबाट १२ लाख ह्याक भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ । साथै पिटरले नेपालका मानिसहरूसँग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ गरी कमिशनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको ठूलो धन रासी ह्याक गर्ने गरेको, विभिन्न बैंक तथा वित्तिय संस्थाको ह्याक गरेको रकम नेपाली व्यक्तिहरूको नाममा निकाली १५ देखि ३५ प्रतिशत कमिसन दिई बाँकी रकम हुण्डी मार्फत पुनःभारत पठाउने गरेको तथा नेपालका एजेण्डहरूलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका १२ जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।