Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका(११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको हो ।
आर्थिक व्यवहार मिलाउने भनी ८ लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो रकम भुक्तान गर्नका लागि पर्याप्त रकम नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी चेक फिर्ता भएको बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो ।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार