Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैङ्कर्स सङ्घको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

काठमाडौँ । बैङ्कर्स सङ्घको नयाँ नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भुवन दाहालको नेतृत्वमा नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो । सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो । सङ्घको उपाध्यक्षमा नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् । सङ्घको सदस्यहरूमा सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल