Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिक संकट चुलिएका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका विद्रोही नेता माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् । कोभिड १९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनका बारेमा छलफल हुने भनिएको बैठकमा दुई नेता उपस्थित नहुने बताइएको छ । कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिरहेकाले सबै राजनीतिक दलको समान धारणाका लागि नेताहरुलाई बालुवाटारको बैठकमा बोलाइएको बताइएको छ । शनिवार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीलाई बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले आफैले शुक्रवार फोन गरेका थिए। प्रचण्ड निकट स्रोतले भेटघाटका लागि फोन गरेको भए पनि सर्वदलीय बैठकका बारेमा कुराकानी नभएको दाबी गर्यो। बैठकमा नबोलाइएकाले प्रचण्ड सहभागी नहुने स्रोतले बतायो। यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन्। उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको बैठकलाई बहिष्कार गरेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागिता जनाएका थिए। पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेयता चार महिनासम्म ओली प्रचण्डबीच बालुवाटारमा भेटघाट भएको छैन। शनिवारको सर्वदलीय बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपालले पनि बहिष्कार गर्ने भएका छन्। नेपालको सचिवालयले बैठकबारे जानकारी नै नभएको बताएको छ। ओलीले पार्टीको विधान विपरित गितिविधि गरेको भन्दै नेपाल समूहका ४ जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल