Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैशाखमा चल्दैन लुम्बिनी एयरपोर्ट

काठमाडौँ । बैशाखबाट उडान शुरु गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने भएको छ । गौतमबुद्ध एयरपोर्टबाट हवाई जहाज उडाउने महानिर्देशक राजन पोखरेल र जगन्नाथ निरौलाको टिमले काँग्रेसीकारण गरेर प्राधिकरणलाई एकपछि अर्कोे गर्दै आफ्नो पद जोगाउन र संस्थागत भद्रगोल चम्काउन सफल भएको छ । भ्रष्टाचार र बेथितिका नायक पोखरेललाई सञ्जीव गौतमको टीमले महानिर्देशक पद सुम्पँदा वरिष्ठता मिचेको थियो । त्यो बेला यिनलाई काँध हालेका प्रदीप अधिकारीसमेत अहिले रिसाएका छन् । कर्ण थरका हाकिम र जगन्नाथ निरौला मात्र पोखरेलसँग खुशी छन् ।
प्राधिकरणको सिभिल र इञ्जिनीयरिङमा यीनै प्रदीप छन् । एमालेको नाममा फाइदा लिने प्रदीप मात्र थिएनन् । महानिर्देशक बन्नका लागि दौडचुप धेरै गर्दा पोखरेल कालो काँग्रेस नै थिए । पैसा पेलेपछि काम हुने कुरामा उनी ढुक्क थिए । एउटा मान्छे दुई ठाउँमा प्रमुख छन् । रेखदेख यीनैले गरेका छन् । अहिले राजनको कमाल पद बचाउने, व्यवस्थापनमा भेदभाव गर्ने, मन्त्री र उनका मान्छेलाई दुई ठाँउको प्रमुख बनाउने नै छ । राष्ट्रिय गौरवका आयोजनाहरू पोखरा, भैरहवा, निजगढमा दायाँबायाँ गर्ने यिनै हुन् । जिल्लाका प्रमुख बनाउँदा काँग्रेस छान्नु, बजारको व्यवस्थापनामा भेदभाव गर्नु, मन्त्री र उनका मान्छे भएका ठाँउमा धेरै बजेट छुट्याउनु राजनको दैनिकी बन्दैछ । जवकी प्राविधिक पक्ष सफल हुँदैन भने उडान पनि सम्भव छैन । तर वैशाखदेखि जहाज अवतरण गर्ने प्रचार गर्दा जहाज उडान तयारीका लागि भारतीय आकाशको स्वीकृति, आईकाओको स्वीकृतिजस्ता कुरामा राजन पोखरेलको ध्यान गएको छैन । व्यवस्थापकीय कमजोरीको कुरा जसले उठाउँछ ऊ काम र अधिकार बिहीन हुने गरेका छन् । योगेश भट्टराईले समेत प्राधिकरणलाई सुधार्न सकेनन् । उनले आफ्नो कार्यकाल सफल बनाउन नसकेको कारण नै प्राधिकरणमा काँग्रेसी खेती गर्नेहरुको चहल पहल बाक्लो हुनु हो । काँग्रेस आफ्नै सत्ताकालमा राष्ट्रिय गौरवका काम होस भन्ने चाहनाबाट प्रेरित भए पनि राजनहरू पैसाका लागि काम गर्छन् ।
महानिर्देशक पोखरेल र प्रम ओलीको काम गराईको स्पिरिट मिलेको छ । ओली आपूmबाहेक अरुलाई सोध्ने, सल्लाह लिने, सहयोग खोज्ने काम गर्दैनन् । उनको स्वार्थ र राजनको स्वार्थ एकै खालको छ । प्राविधिक क्षत्रकोे काममा प्राविधिकहरूकै खाँचो हुन्छ ।
विवादीत एरिङ्ग कम्पनिलाई भिœयाउने पोखरेलको योजना विवादमा प¥यो । अहिले एयरर्पाेट सञ्चालन प्राधिकरण आफँैले गर्ने भन्दैछ । एयरर्पोट जस्तो सम्वेदनशील स्थानमा विदेशी कम्पनी भिœयाउनु सुरक्षाका दृष्टिकोणले पनि राम्रो होइन । स्वास्थ्यमन्त्री मै असफल र असक्षम भएका पात्र भानुभक्त ढकाललाई सहजै प्रयोग गर्न पोखरेलको टीमले सक्छ । यीनै पोखरेल हुन् हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउण्डेटको जिम्मा दिँदा सवत्र विरोध भएका पात्र । वायुसेवा निगमसँग खोसेर बदनाम कम्पनीलाई रजाइ गर्न दिँदा शंका हुन्थ्यो । एयरर्पोटमा २८ विमान कम्पनिका जाहाज आउनेजाने गर्छन् । हिमालयनलाई १० करोड कमाइ गर्ने बाटो खोल्ने पोखरेलको गिरोहले थाइएयर र इण्डीयन एयरलाई समेत अप्ठ्यारोमा पारेका थिए । वायुसेवा निगम आन्तरिक लुटले थलियो । निगमले कमाउने भनेको सेल्फ ग्राउण्डको व्यवस्थापनबाटै हो । यसबाट निगमले वार्षिक ५ अर्ब कमाउँछ । त्यसको १५ प्रतिशत प्राधिकरणले पाउने हो । जबकी सेल्फ ह्यागिङ निर्देशीका २०७२ विपरीतका काम गर्न राजनलाई कसैले छेक्दैन । प्रधानमन्त्री ओलीले संविधान मिच्नु र राजनको टीमले नियम मिच्नु एउटै हो ।
प्राधिकरणले अख्तियार टेर्दैन, सरकारको आदेश र निर्देशन मान्दैन । पर्यटन मन्त्री जो बन्छ उसका दलालको स्वार्थमा काम गर्दा दीपक मलहोत्राको रजाइँले विमानस्थलमा सुन तस्करी जागेको विगत अहिले छैन । तर एयरर्पोटको सुधार गर्ने हिम्मतिलो प्राविधिकले प्राधिकरणको सम्पत्ति व्यपारीलाई सटर बाँडेर घुस खान पल्केको समूहलाई ठाँउ दिएपछि प्राधिकरणको सुधार हुन्छ कसरी ? जसले संस्थाको पैसा निजी बैंकमा राखेर प्राधिकरणको आम्दानीलाई महिनौंसम्म घटाएको विगत छ ।