Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैशाखमा नेपाल फर्किदैछिन् रेखा

नायिका रेखा थापाले ५ बर्षपछि फिल्म ‘उपहार’बाट दर्शकमाझ आफूलाई फर्काइन् । तर, दर्शकमाझ बसेर उनले फिल्म भने हेर्न पाइनन् । फिल्म रिलिजको २ महिना अगाडि नै अमेरिका उडेपछि उनको व्यापक आलोचना पनि भयो । सन्तानलाई जन्म दिन अमेरिका उडेको भन्दै रेखाको मिडियादेखि राजनीतिज्ञहरूले आलोचना पनि गरे । तर, फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् । उनै, रेखा वैशाख महिनामा नेपाल फर्किन लागेको वुझिएको छ । वुझिएअनुसार, रेखा थापा वैशाखको १८ गते नेपाल फर्किन लागेकी हुन् । रेखाले नयाँ फिल्मको तयारी समेत गरिरहेकी छिन् । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् । फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् ।