Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बोल्दाबोल्दै नेता कोइराला बेहोस भएपछि

काठमाडौं । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शशांक कोइराला अस्वस्थ भएका छन् । चुनाव प्रचारका क्रममा एक्कासी बेहोस भएपछि आइतबार उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको हो । उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । आइतबार गैंडाकोटको अमरापुरीमा आयोजित चुनावीसभामा बोल्दै गर्दा एक्कासी चक्कर लागेर बेहोस भएका थिए । अवस्था सामान्य भैसकेको छ । भेटघाट पनि सुरु भएको छ, तिवारीले भने । चिकित्सकले कम्तीमा १२ घण्टा निगरानीमा बस्न पर्ने बताएका छन् । कोइराला चौथो पटकका लागि पूर्वी नवलपरासी क्षेत्र नम्बर १ वाट उम्मेदवार छन् । उनले यसअघि यहीबाट लगातार तीन पटक निर्वाचन जितेका हुन् ।