Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बौद्ध सामुदायिक केन्द्रका सदस्य सगरमाथा आरोहणको तयारी

काठमाडौं । गर्मी मौसम शुरु भएपछि नेपालका पर्यटकीय क्षेत्रहरु रंगी बिरंगी हुन थाल्छन् । यो मौसममा हिमाल आरोहण गर्ने देशी तथा विदेशी पर्वतारोहीहरुको लाम लाग्दछ । यही लामभित्र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धका सदस्य चित्रबहादुर रायमाझी (शेखर) आगामी अप्रिल/मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिहेका छन् । रायमाझी विभिन्न समयमा पथप्रदर्शक, पर्वतारोही र पर्वतारोहण सम्बन्धी अनुभव भएका युवा हुन् । भोजपुरमा जन्मिएका रायमाझीले स्टोक खाङ्ग्री ६ हजार २ सय ७० मिटर, मेन्टोक खाङ्ग्र ६ हजार २ सय ५० मिटर, खाङ्यत्से ६ हजार २ सय ७० मिटर, मेरा पिक ६ हजार ४ सय ६१ मिटर, लबुचे पिक ६ हजार १ सय १९ मिटर जस्ता हिम चुचुराहरुको सफल आरोहण गरिसकेका छन् । उनले सपनाका रुपमा सजाएको सगरमाथा आरोणहका लाग कम्तिमा ४५ देखि ६० हजार अमेरिकी डलर लाग्ने अनुमान छ । त्यो रकम भनेको आजको डलर भाउअनुसार ८० लाख हुन आउँछ । त्यो रकम सहयोगी दाताहरुबाट संकलन गर्ने बताइएको छ । उनी सदस्य रहेको सामुदायिक सेवा केन्द्र बौद्धले डेढ लाख रुपियाँ संकलन गरिसकेको छ भने जोरपाटी सामुदायिक सेवा केन्द्रले रु ५० हजार दिने घोषणा गरेको छ । उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रको बौद्ध तामाङ कल्याण गुठी भवनमा आयोजित कार्यक्रममा उनको सफल आरोहणका लागि शुभकामना प्रदान गरियो । बौद्ध सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर लामाका अनुसार आरोही रायमाझीले उपत्यकाभित्रका २९ वटा सामुदायिक सेवा केन्द्रको नाम अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने बताइएको छ । ताजा नेपाल डट कम परिवार उनको आरोहण सफलताको कामना गर्दछ ।