Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजेन्द्र बजगाई, संगीतकार
नेपाली गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल संगीतकार हुन् राजेन्द्र बजगाईं । २०६४ सालदेखि निरन्तर संगीत सिर्जनामा सक्रिय बजगार्इंका दर्जनौ सिर्जना चर्चामा रहेका छन् । जसमा जाला जोवन, चिनी अमिलो, ओ मेरो परान, मेरी डल्ली, तितो तितो करेला, बर्खाको पानी, ट्राफिक जाम लगायतका छन् भने एकलब्य, काँचुली आदि चलचित्रमा समेत उनले संगीत भरेका छन् । संगीतका बिभिन्न रागहरूमा आफ्नो कला कौशलतालाई प्रयोग गरेर श्रोता रुचिका गीत सिर्जना गर्न सिपालु बजगार्इं संगीतमात्रै गर्दैनन् शब्द रचना, गायन र संगीत संयोजन पनि गर्छन् । संगीतको क्षेत्रमा स्थापित नाम बनिसकेको राजेन्द्र बजगाई बिभिन्न सम्मान र अवार्डबाट सम्मानित भइसकेका छन् । उनले राष्ट्रिय ब्यक्तित्व तथा श्रष्टा सम्मान २०७८ संगीतकर्मी सम्मान, सञ्चार तथा कला बिकास मञ्च ‘वर्दिया’ सम्मान २०७०, बाँके वर्दिया राइजिङ्ग स्टार २०७३, सामुदाय रेडियो परिवर्तन ९१ मेघाहर्ज २०७० लगायतका सम्मानबाट सम्मानित भइसकेका छन् भने अवार्डहरूमा कालिका अवार्ड २०७२, नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८, पिम नेपाल फिल्म फेष्टिवल अवार्ड २०७८, बिराट म्युजिक अवार्ड २०७८, जिनियस म्युजिक अवार्ड २०७५, दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८ जस्तो ख्याती प्राप्त अवार्डहरू पाईसकेका लोकप्रिय युवा संगीतकार राजेन्द्र बजगाईले ताजाखबर साप्ताहिकका लागि सुमन कुमार श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः
० पछिल्लो समय केमा ब्यस्त हुनुन्छ ?
– गीत, संगीत सिर्जना मै ब्यस्त छु ।
० तपाईले बुझेको संगीत के हो ?
– एउटा सिर्जनाले सबैको मनलाई मनोरञ्जन गराउँछ ।
० संगित विना यो विशाल जगतमा कोहि प्राणि पनि सन्तुष्ट हुनसक्दैन भन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
– एकदमै हामीले देखि र भोगी रहेको कुरा हो नि ।
० संगीत प्राणीमात्रलाई किन चाहिन्छ ?
– संगीत एउटा सन्तुष्टी दिने र लिने माध्यम भएकोले ।
० यतिबेला नेपाली संगीतको अवस्था कस्तो छ ?
– अलि राम्रो बन्दैछ किन कि अहिले संगीतलाई बुझेर, पढेर आउनेहरूको संख्या बढेको छ ।
० तपाईलाई कस्तो संगीत मन पर्छ ?
– संगीतमा प्रकार नभएकोले सबै खाले संगीत मन पर्छ ।
० आफुले सिर्जना गरेको संगीत मध्य आफैलाई मन परेको चाही कुन हो ?
– आफुले सिर्जना गरेको सबै मनपर्छ । किन कि आफ्नो सन्तान सबै प्यारो लाग्छ ।
० गीतसंगीतको क्षेत्रमा बिकृती बढ्यो भन्छन् नि ?
– बिकृती भनेको चाहिँ कस्तो हो, जस्तो भएपनि बिस्तारै सुधार्दै लानुपर्छ ।
० नेपाली संगीत प्रति युवा पुस्ताको चासो कम हुनुको कारण ?
– तपाईले सोचे जस्तो कमि भएको छैन, अझ बढि चासो रहेको देख्छु म त ।
० यदि यो संसारमा संगित नभएको भए कस्तो हुन्थ्यो होला ?
– त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।
० नेपाली गीत, संगीतलाई विश्वब्यापी गराउन के गर्नु पर्ला ?
– हाम्रो मौलिक परम्परा सम्बन्धि र बजारको रुचिको अध्यायन गरेर संगीत सिर्जना गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
० अहिले कस्ता खालको गीतसंगीतले बजार पाइरहेको छ ?
– अहिले नेपाली लोक सैलिलाई अलिबढी मन पराएको जस्तो लाग्छ ।
० संगीतबाटै जिवीकोपार्जन गर्न कत्तिको सहज ठान्नु हुन्छ ?
– जुन बिद्यामा लागिन्छ त्यसमा निष्ठापुर्व अनि इमान्दारीता भएपछि सहज छ ।
० खुविको पहिचान भन्दा पनि औकातबाट कलाकारको पहिचान गर्न थालएिको छ भन्छन् नि ?
– त्यस्तो पहिचान केही दिनको लागिमात्र हो ।
० नेपालमा संगीतको कुनै नियम कानुन छैन भन्छन् नि हो ?
– किन नहुनु नेपालमामात्र होइन विश्वमा नै संगीतको नियम छ प्रस्तुतिमात्र फरक भएको हो ।
० यो क्षेत्रमा आपसी द्वन्द्व चलिरहनुको कारण के होला ?
– संगीत सम्बन्धि ज्ञानको कमि भएकोले ।
० अन्त्यमाः गीतसंगीतको उत्थानको लागि राज्यबाट कस्तो सहयोगको अपेक्षा राख्नु हुन्छ ?
– गीतसंगीतको लागि सरकारले भन्दा पनि आफै एकजुट भएर हाम्रो अधिकारलाई सुनिश्चित राख्न जरुरी छ । र, हाम्रो बौधिक सम्पतिको संरक्षणको लागि नियम अर्थात संबिधनामा राख्न निकै जरुरी छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल