Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राउनसुगरसहित यादव

सिराहा । नरहा गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका-१० बस्ने २० वर्षीय रोशन कुमार यादव र २० वर्षीय सन्जित कुमार यादव रहेका छन् ।
यसैगरी सिराहा, गोलबजार नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु ९ सय ८० मिलीग्राम बराबरका १३ पोका, नगद २ हजार ९ सय ३० रुपैयाँ, मोबाइल २ थान २ र स।५ प ३६०३ नम्बरको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित बुध चोक बस्ने सन्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल