Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राउनसुगर सहित पक्राउ

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका(७ हरहरमहादेवबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका(८ घर भएका २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद बोहोरा रहेका छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार