Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्रिटिस काउन्सिलमाथि राजश्व छली आरोप

काठमाडौं । नेपालमा अंग्रेजी भाषा परीक्षा गराउने बेलायती च्यारीटी संस्था ब्रिटीस काउन्सिलले ठूलो रकम कर छलेको विषयमा अनुसन्धान सुरु भएको छ । आन्तरिक राजश्व विभागलाई काउन्सिलमाथि अनुसन्धानका गर्न पत्राचार गरिएको अर्थमन्त्रालयले जनाएको छ । संसदीय समितिबाट पत्र प्राप्त भएपछि अनुसन्धानका लागि विभागलाई पत्र लेखेका छौँ, राजश्व सचिव शिशिरकुमार ढुंगानाले बताए । काउन्सिलले अंग्रेजी भाषा सीप परीक्षा ‘आईएलटीएस’ र ‘ए लेभल’को परिक्षा सञ्चालन गर्दै आएको छ । तर काउन्सिल नेपालमा दर्ता नरहेको र उसले गरेको आर्थिक कारोबार करको दायरा बाहिर रहेको भन्दै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंसिर दोस्रो साता उजुरी परेको थियो ।
समितिमा भएको प्रारम्भीक छलफलमा वर्षमा ६५ हजार नेपालीले कम्तीमा पनि २० हजार रुपैयाँ तिरेर दिने परिक्षाको आर्थिक गतिविधि सरकारको नियमन बाहिर रहेको निस्कर्ष निकालिएको छ ।
समितिले काउन्सिलले लिने ए लेभलको परीक्षा शुल्कबारे पनि छलफल गरेको थियो । काउन्सिलको आर्थिक हिसाब करको दायरामा भए नभएको बारे जानकारी गराउन अर्थ र शिक्षा मन्त्रालयलाई परिपत्र गरिएको सांसद नरबहादुर धामीले बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल