Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्रेक फेल भएको बसले दियो दुईवटा कारलाई ठक्कर

काठमाडौं । मकवानपुरमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका वडा–४ गोल्पिङ बेसीमा एकै स्थानमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन्। बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना भएका हुन्। बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ९८३ नम्बरको कार र काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान लागेको बा ३ ख २७२३ नम्बरको मिनि बस ठोक्किँदा बस सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। दुईवटा सवारी ठक्कर खादा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ८० नम्बरको कार समेत ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ। गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार २० जनाको अवस्था सामान्य रहेको र थप विवरण आउन बाँकी रहेको छ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल