Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष (वस्तुगत) तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एशोसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला) तर्फ आस्था शाख र श्रीया बल्ल चयन भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए । निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित समाचार