Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुर क्यान्सर अस्पतालमा झडप

काठमाडौँ । अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि लथालिंग अवस्थामा पुगेको भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।
अनियमितता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि प्रमुख दुई दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएका थिए ।
अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको गुनासो छ । अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति निकाल्दै अनियमितता भए आफूहरूमाथि छानबिन गर्न र दोषी देखिए कारबाही गर्न आग्रह गरेका थिए ।
अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा नगरपालिकाको नेतृत्व भएकै आधारमा मेयरले पार्टीगत रूपमा एकलौटी नेतृत्व हत्याउने र कब्जा जमाउने कोसिस भएको बताइएको छ ।