Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निर्वाचन आयोग, अख्तियार, सर्वोच्च अदालत, संसदको सार्वजनिक लेखा समिति जस्ता ठाउँमा प्रमुख मात्र होइन तस्करीको मुल नाका एयरपोर्टमा समेत सेटिङ मिलाएर आफ्ना भनिएका कर्मचारी खटाउने तर गाली पुराण अरुलाई गरेर आफ्नै विरुद्ध खुला मञ्चमा विद्रोह गर्ने युवाहरू उपर कथित दुई तिहाईको डोजर लगाउने प्रधानमन्त्री केपी ओलीले प्रशासनको उपल्लो तहमा मुख्यसचिव पदमा वरिष्ठलाई लोप्पा दिएर एक नारायण अर्याललाई ल्याउँदा उनका हितैषीहरूलाई पृथ्वी उल्टेला झैं भएको छ ।
गृह मन्त्रालयमा छँदा छ जना सहसचिवहरू सरुवा भएर आए । १८ उपसचिव पनि त्यही मेसोमा थिए । उनीहरूको क्षमताअनुसार कार्यक्षेत्र सचिवले नतोक्दा कति रिसाए, बरन्डामा कति कुरे । सक्षम प्रशासकले कुनै नेताको आदेश कुर्न पर्दैन । तर एक नारायण बहादुर ठानिए । ओली सरकारले बलियो एमाले ठानेर अर्याललाई उनीभन्दा वरिष्ठ ३ सचिवहरूलाई लोप्पा दिँदै चौथो वरियताका एक नारायणलाई मुख्यसचिव बनाउँदा जनताले चासो दिएन । तर उनको कार्यक्षमता भदौ १५ गते भजनभण्डली पत्रकारहरूको चार खम्बे समूह मुख्य सचिवको कार्यक्षेत्रमा हासी खुसी देख्दा बधाई दिन गएका दर्जनौं अधिकृतहरू धेरै बेर बसेनन् । प्रशासनमा आदेश जता गयो उतै सफल भनेर स्तुती गाउने भजन मण्डलीहरू एकनारायणका धेरै होलान् । तर देउवा दरबारका तारा सापकोटा, चन्दने रामचन्द्र भट्ट जस्ता विचौलियाले कता लगेर दोबार्छन् । भजन मण्डलीकै समूह तराई विकास मञ्चको कार्यक्रममा सहभागी मुख्यसचिव अर्याल र भौतिक पूर्वाधार सचिव केशव शर्माले कति ख्याल गर्लान् ? अोली भजन यिनको कार्यक्षेत्रमा पर्छ । निजामती प्रशासन ऐन फेर्ना साथ कर्मचारीको सेवा ५८ बाट ६० वर्षको हद तोकिँदैछ । मुख्यसचिव अर्यालको ५८ वर्ष उमेर हद ६० पुग्दा सत्ता फेरबदल नभए उनले मुख्यसचिव ३ वर्ष चलाउने छन् । आदेशको कुरा गर्ने ऊर्जाबाट रघुवीर महासेठ मन्त्री बन्दा भौतिकमा गएका कालो काँग्रेस गोपाल सिग्देल पुनः ऊर्जामै गएका छन् । केशवलाई भौतिकबाट ऊर्जामा खेद्ने तिनै सिग्देल भौतिक मन्त्री एमालेका आएपछि ऊर्जामा खेदिए पनि प्रमकै इच्छामा केशव भौतिकमा आए । तर अर्थले बजेट नदिँदा ठेकेदार र सडक डिभिजन तथा विभिन्न आयोजना प्रमुखहरूको रुवाबासी सामसुम पार्न मुख्यसचिव नै दोषी भए पछि कति सफल हुने कुर्नै पर्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल