Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भट्टको पक्षमा गृहसचिवको दबाव

काठमाडौं । माफिया दीपक भट्ट प्रधानमन्त्री जो हुन्छ उसको टिमलाई हात लिएर आफ्नो स्वार्थका ठेक्का लिने गर्दछन् । पार्टी नेतृत्व पैसामा चुर्लुम्म हुने भएपछि त्यसैको आडमा कानुन समेत फेर्र्ने हैसियतमा पुगेका भट्टले प्रहरी आईजीपी दिपक थापा र सशस्त्रका आईजीपी राजु अर्यालमाथि गृहसचिव लगाएर दबाव दिएका छन् । दुवै संगठनले पुरानो प्रक्रिया त्यागेर नयाँ प्रक्रियामा जाने भनेपछि भट्टले सार्वजनिक खरिद ऐन परिवर्तन गराउँदा प्रधानमन्त्री कार्यालय प्रयोग भएको छ । हतियार गोला बारुदमा ठूलो कमिशन हुने भएकाले सचिवदेखि मन्त्रीसम्म चासो हुने गर्दछ । भिजिट भिसामा बदनाम भएका गृहमन्त्री रमेश लेखकको पहुँचमा यो छैन । तर उनले पुरानो प्रक्रियालाई स्वीकार नगरिने बताए पनि प्रचारमा भने पुरानै प्रक्रियाअनुसार हतियार खरिद गर्ने भित्रभित्रै प्रयास भएको बताइन्छ ।
पुरानो निर्णय उल्ट्याएर स्वार्थमा बजेट विना हतियार खरिद गर्ने निर्णय गराउने दिपक भट्ट विगतमा पनि पहुँचमा थिए । आज पनि उस्तै छन् । केपी ओलीसँग भट्टको सम्बन्ध हुनु भनेकै पैसा हो । स्वार्थ पूरा गर्दा नेताले आवश्यकता र महत्वको यहाँ ख्याल गर्दैनन् । राष्ट्रको हित भन्दा नेताको स्वार्थमा केन्द्रीत भएर राजस्वमाथि खेलवाड गर्ने प्रवृत्ति चर्को छ । प्रहरी र सशस्त्रका आईजीपीहरू माफियाको स्वार्थमा आफ्नो इज्जत गुमाउन चाहँदैनन् । तर पनि भट्टले गृहसचिव मार्फत् दबाव दिएको विषयले प्रशासन संयन्त्रको समेत मूल्यांकन हुँदैछ । भट्टले मुख्यसचिव बनाइदिन्छ भनेर उसको स्वार्थका काम गर्दा गृहसचिवले ऐन कानुनको ख्याल कति गरे ? गोकर्णमणि दुवाडी प्रशासन तहमा विवादित छन् । ०७९ मा दिपक भट्टका दुई कम्पनी भक्र्युर ट्रेडिङ कम्पनी र ग्लोबल कन्ट्रेलेशनले गोली र टियर ग्यास सप्लाई गर्ने गरी रु १ अर्ब ५० करोडको ठेक्का पाएका थिए । सरकारले नै उक्त ठेक्का स्थगित गरेको हो । चुनावको मुखमा बढी विवाद हुने भएपछि रोकिएको त्यही ठेक्का ब्यूताउन भट्टले यस पटक प्रधानमन्त्रीलाई प्रयोग गर्दैछन् । प्रधानमन्त्रीको स्वार्थ जोडिएको यो विषयमा अब ०८२÷०८३ को बजेटमै प्रहरीको लागि रकमको व्यवस्था गरिएको छ । प्रहरीलाई हतियार टियर, ग्यास, गोली गठ्ठा आवश्यक होला भने सशस्त्रलाई सिमा क्षेत्रमा शशक्त बनाउन बिओपीहरूको पूर्वाधार बलियो बनाउन आवश्यक छ । जुन बेला सशस्त्रमा त्यो ठेक्का स्थगित भएपछि हतियारका लागि यस पटक बजेट पाएकै छैन । तर माफिया दिपक भट्टको व्यवसाय टिकाइदिन प्रधानमन्त्री नै लाग्छन् भने बजेटको प्रबन्ध पनि हुनसक्छ । पुरानो ठेक्का प्रक्रिया थन्के पनि पुनः ब्यूताउन दिपक लागे पनि दुवै संगठनले नयाँ प्रक्रियाबाट काम गर्ने निर्णय गर्नु पर्ने बाध्यता छ । प्रहरीले सुडान काण्डमा बदनामी कमायो । त्यो बेलाका आईजीपीनै जेल परे । खरिदका लागि टिप्पणी उठाउने आदेश कार्यान्वयन गर्ने सबै कारबाहीमा परे । प्रहरी र सशस्त्रले दैनिक बन्दोबस्तीका सामान टेण्डरबाट खरिद गर्छन् । लत्ताकपडा, बुट, चुस्ता जस्ता सामानमा खरिदमा विवाद गर्ने दिपक ट्टकै समूह हो । अहिले प्रधानमन्त्री सत्ता सहयात्री दल काँग्रेससँग समेत भट्टले नै च्यालन मिलाएका हुन् । आवश्यकताका वस्तु खरिद गर्नुपर्छ तर कानुनको सीमालाई ख्याल गर्नुपर्छ । जागिरको अन्तिम समयमा विवादमा पर्न कोही चाहँदैन । व्यापारीकको फाइदाका लागि राज्यको श्रोत खर्च गर्ने परिपाटीलाई सरकार, प्रहरीका दुवै संगठनले ख्याल गर्न जरुरी छ । किनकि संस्थागत आवश्यकतालाई फाइदाको रूपमा हेरिनु हुँदैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल