Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो । दिवंगत नेता अधिकारीकी पत्नी सत्तारुढ नेकपाबाट कास्की २ को उम्मेदवार बनेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै संघीय संसदको सांसदमा निर्वाचित भएकी भट्टराईले आफू कास्कीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताइन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल