Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता विवरण रातारात पार्टीको बेवसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले भण्डारीको पार्टी सदस्यता २०८१ सालमै नवीकरण गरिसकिएको तर अहिले विवरणबाट हटाइएको जिकिर गरेका हुन्। बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले बुधबार भनेका छन्, उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु। यस्तै उनले एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन रोक लगाउने निर्णय गर्दैमा नरोकिने दाबी पनि गरेका छन्। राजनीति गर्न नपाइने भए संविधान वा विधानमा स्पष्ट उल्लेख हुनुपर्थ्यो, पार्टीका निर्णयहरू पनि त्यसैअनुसार हुनु जरुरी छ, पोखरेलले अन्तर्वार्तामा भनेका छन्, ‘एकपल्ट निर्णय सुनाइयो भन्दैमा विषय क्लोज भयो भन्ने मलाई लाग्दैन। यो त पार्टीभित्र बहस र सरसल्लाहको विषय हो।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल