Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भतिजालाई गोली हानेर पूर्वप्रहरीको आत्महत्या

बिर्तामोड । झापाको गौरादह नगरपालिकामा एक पूर्वप्रहरीले भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाएपछि आत्महत्या गरेका छन् । गौरादह ८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैंलाई गोली हानी आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । साँझ ६ बजे घरमा विवाद भएको थियो । सामान्य विषयमा भएको विवादले ठूलो रुप लिएपछि वीरेनले भतिजा १५ वर्षीय हेमराज साहमाथि गोली चलाएका थिए । पेस्तोलले प्रहार गरेको गोली लागि भतिजा हेमराजको ढाडमा गम्भीर चोट लागेको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट १५ थान गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली प्रहार गरेको पेस्तोल नम्बर बिनाको रहेकाले भारतमा बनाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । वीरेन पूर्वसशस्त्र प्रहरी भएको बताइएको छ । उनले तीन वर्षअघि जागिर छोडेका थिए ।