Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ १३ देखि प्रज्ञा भवन कमलादीमा गाईजात्रा कार्यक्रम

काठमाडौ । मनोज गजुरेल, शैलेन्द्र सिंखडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्ने भएका छन् । ‘२०८० सालको गाईजात्रा’ नाममा ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्दैछ ।
गजुरेल र सिंखडाका साथै टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शक हँसाउनेछन् ।
ब्राण्डवर्थले विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा पनि गाईजात्रा कार्यक्रम गर्ने जनाइएको छ । कोरोना महामारीका दुई वर्ष डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेकोमा यस पटक रंगमञ्सँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।