Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ १ बाट खुल्ने भयो हवाइ उडान

काठमाडौं । कोरोना कहरका कारण बन्द रहेको हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

छोटो दूरीका बस चल्ने
सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।
यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।