Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउँदै सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गत वर्ष भदौ २३ र २४ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो। यस वर्ष भने भदौ २३ गते मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको हो।
गत वर्ष भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न स्थानमा जेनजी आन्दोलन भएको थियो। उक्त आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले यसअघि नै हरेक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरिसकेको छ।
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदानको सम्मान तथा उनीहरूको सम्झनालाई संस्थागत गर्न दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
२०८३ भाद्र १९
ताजा नेपाल
२०८३ भाद्र १९
ताजा नेपाल
२०८३ भाद्र १८
ताजा नेपाल