Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भन्सारमा देखियो राम्रै चलखेल यीनको म्याद थप्दा तीनको लगानी

काठमाण्डौ । काम त सीमा क्षेत्रका सुरक्षा प्रमुखको महत्वपूर्ण हुन्छ । उनीहरु क्रियाशील नभएको भए नेपालबाट अपरहण गरि भारत पुर्याइएका नाबालिका चेलीहरुको उद्दार समयमा हुने थिएन । सरकारले सिमा क्षेत्रमा कोरोनाको प्रभावलाई नियन्त्रण गर्ने गरि स्वास्थ्य परिक्षण केन्द्र स्थापना गर्ने तयारीसम्म गरेको छैन । नेपालका निम्ति छिमेकी मुलुक भारतबाट कोरोना कहरको जति खतरा छ त्यो सँगै सिमा क्षेत्रबाट हुने तस्करीको पनि कम खतरा छैन । यतिखेर सिमा क्षेत्रका नाकाहरुमा ससस्त्र प्रहरीले आफ्नो विषेश टोली परिचालन गरे पनि प्रदेश २ र १ मा भने यो अभियानले प्रभाव पारेको छैन । प्रदेश १ का डीआईजी वंशी दाहाल र प्रदेश २ का डीआईजी सीपी गौतम मौकाको फाइदा उठाउन लागि परेको ससस्त्र प्रहरी भित्र चर्चा छ । किनकी यी दुवैले राम्रै लगानी गरेर एआईजी पुष्पराम केसी र राम शरण पौडेललाई एक वर्षे कार्यकाल थप गरि आफ्नो निम्ति भावी आईजीपीको वातावरण बनाएको अवस्था छ ।

नेपालको प्रमुख भन्सार नाका विरगंजमा ससस्त्रका निरिक्षक सञ्जीव बानीया, डीएसपी सन्तोष बस्नेत, पर्साका एसपी राजेन्द्र खड्काले यति खेर देखाएको चमत्कार डीआईजी सीपी गौतमलाई समेत चित्त बुझेको छ । उनले शक्ति केन्द्रका मान्छेको सामान छोडिदे भन्न साथ आदेश दिने तिनैलाई हो । तर उनी आफु खाँदा पनि नखाने अरुलाई पनि नदिने नियमको पालना गर्ने डिङ्ग हाक्न पछि पर्दैनन् । विवादीत अवस्थामा यी पनि नभएका होइनन् । जे भए पनि दाहाल र गौतमले सन्दीप श्रेष्ठ र खड्ग राईलाई छेकेर आफ्नो निम्ति बाटो खुल्ला गरेको ससस्त्र भित्र चर्चा छ । केसी र पौडेलको म्याद थपिदा दाहाल र गौतम हौसनु पर्नुको कारण भावी आईजीपीको उमेद्वारमा पुग्नु हो । यति खेर गृह सचिव महेश्वर न्यौपानेलाई केसी र पौडेलको दक्षिणाले राम्रै गरेको हुनु पर्दछ । त्यो दक्षिणा दिलाउने दाहाल र गौतमको पनि दिन सहज हुन सक्दछ । ससस्त्र भित्रको गुटबन्दीमा अहिले जसरी जो प्रस्तुत भएका छन् । तीनका विगत र वर्तमान पनि सहज छैन । हिजो आईजीपी शैलेन्द्र खनाललाई संगठनका नयाँ कार्यक्रमहरु अगाडि बढाउन नदिने टीममा पुष्परामको भुमिका अतूलनीय थियो । यीनले महिना दिन भए पनि आईजीपी पद पाउनका निम्ति गरेको खर्चको व्यवस्थापन जसले गर्याे उसका निम्ति यतिखेर लकडाउनका नाँउमा सीमा क्षेत्रमा तस्करहरुलाई मौका दिन अवसर आएको छ । भनिन्छ दर्जनौ व्यापारीसँग यति खेर प्रदेश १ का वंशी दाहाल २ का सीपी गौतमको उठ बस रहेकोे छ । शुद्दताको नाममा जति सुकै खोके पनि सीमा क्षेत्रका बीओपीका प्रमुखहरु खटाउदा डीआईजीहरुले राम्रै कमाइ गर्ने गरेकै कारण झण्डै १ करोड रुपैयाको चलखेलबाट म्याद थपिएका पुष्पराम र रामशरणले आफ्नो विभाग अन्तर्गत ल्याउने कार्यक्रम नयाँ भने छैनन् । किनकी उनीहरु सत्ताको आडमा मौलाएका बर्र्र्दीधारीहरु हुन् । जसले सीमा क्षेत्रको सुरक्षामा ध्यान दिनु जरुरी ठान्दैनन् । तस्करहरुसँग लिएर लाइन मिलाउन पछि पर्दैनन् । कोरोनाको समयमा भन्सार क्षेत्रमा निगरानी गर्ने राजस्व अनुसन्धान विभाग र भन्सार विभागको त्यहाँ गणना हुँदैन । बन्दुकका अगाडि निरिह निजामति कर्मचारीको के लाग्छ ? विरगंज भन्सारमा केही दिन यता राम्रै करामत हुन थालेको छ । सरकारले नै भारतमा चर्किएको कोरोना भाइरसका कारण भन्सार क्षेत्रलाई कडि कडाउ गरिरहदा त्यहाँ खटिरहेका प्रहरी र ससस्त्रका अधिकृतहरुको व्यापारीक सम्बन्धलाई क्षेत्रको कमाण्डारले चासो नलिने कुरो भएन । यति खेर प्रदेश १ मा भन्दा २ नंबर प्रदेशका बोर्डर क्षेत्रलाई ससस्त्र र नेपाल प्रहरीको सीमा टोलीले कडि कडाउ गरेको बताए पनि बात त डर लाग्दो हुँदै छ ।