Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरतपुरमा रेनु र सुवेदीको मतान्तर घट्दै

भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ ।

वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।

वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १ हजार ४१० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन् ।

वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन् । यसअघि भएको निर्वाचनमा एमालेले वडा नम्बर २ जितेको थियो ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल