Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मिसनरीहरु जब असफल हुँदै जान्छन् तिनीहरु व्यक्तिगत चरित्रहत्यामा उत्रन्छन् । यो नेपालमा मात्रै होइन, संसारभरि नै सिआइएले चलाएको मिसन हो । त्यसका बाछिटाहरु बेलाबखतमा देखिन्छन् । व्यक्तिका आ–आफ्नो स्वभाव र चरित्र हुन्छन् । जो एक अर्कासँग मेल खाँदैनन् । एमसीसी विरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षमा अभियान चलाउँदै आउनुभएका भरद दाहालमाथि रअले यस्तै मिसनरी पत्रकारहरु प्रयोग गरेर हमला गर्न थालेको छ । कुनै समय माओवादी हिंसामा सामेल लहानु चौधरीले रिता मानुसीसँग जोडेर चरित्र हत्या गरेका छन् ।
लहानु पछिल्लो समय लक्ष्मण चौधरीसँगै भारतीयहरु र रअसँग हिमचिम बढाएका पात्र हुन् । केही समय पूर्व उनले भाजपा नेता भगतसिंह कोसियारी र राजनाथसिंहलाई पनि भेटेका थिए । अन्तर्वार्ताकार मनोज मानव कुनै समय राष्ट्र विखण्डनको एजेन्डा बोकेका सिआइए मिसनका सिके राउतको राष्ट्र विखण्डन अभियानमा थिए । केही समय हनुमान ढोका जेलमा पनि परेका थिए । उनले अहिले स्टारलाइन युट्युब चलाउँछन् । रिता मानुसी कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आइरहेकी छिन् । रत्नपार्कमा पोते लगाउनेहरुदेखि यस्ता युट्युबरहरु रअले देशभक्तहरुमाथि चरित्र हत्याका लागि चलाइरहेका छन् ।
मानुसीमाथि लगाइएको यो आक्षेपले उनलाई पर्ने मानसिक हिंसाको मूल्य अभियोग लगाउनेहरुले कसरी तिर्छन् त्यो हेर्न बाँकी छ । यसरी कसैसँग व्यक्तिगत सम्बन्ध हुँदैमा आक्षेप लगाउने हो भने यस्ता युट्युबर र अन्तर्वार्ताकारहरुलाई कारबाही नगर्ने हो भने नेपाली पत्रकारिताको अवस्था के होला ? आफैंमा प्रश्न चिन्ह खडा छ । एमसीसी प्रकरणले नै केही समय पूर्व कृष्ण बहादुर महरामाथि पनि व्यक्तिगत जीवनमा चरित्रहत्या गरिएको थियो । यस्तो शिकार साहित्यकार मोदनाथ पश्रित पनि भएका थिए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल