Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुक सहित पक्राउ

उदयपुर । चौदण्डीगडी नगरपालिका(३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने पदम बहादुर राईको घरमा लुकाई राखेको अवस्थामा उनीहरूले प्रयोग गर्ने भरुवा बन्दुक फेला परेको हो ।
फरार पदम बहादुर राईको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार