Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाडो आदेशमा डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा तानिएको हो । हाडजोर्नी विशेषज्ञ डा. पौडेललाई अस्पतालमा काम गर्न नदिएर मन्त्रालयमा हाजिर गराइनुमा राजनीतिक प्रतिशोध देखिएको छ । पौडेललाई गत वर्ष माघमा तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीको पालामा वीर अस्पतालको निर्देशक नियुक्त गरिएको थियो । निर्देशक बनेदेखि नै अस्पताल सुधार अभियानमा लागेका डा।पौडेलको पालामा वीरको सेवा प्रवाहमा उल्लेख्य सुधार भएको छ । उनले विरामीको टिकट काट्ने सामान्य समस्यादेखि अप्रेसनका लागि महिनौं कुर्नुपर्ने बाध्यतामा समेत सुधार गरेर अस्पतालमा सुशासन कायम गर्न थालेपछि निर्देशकबाट हटाइएको हो । पौडेलले विरामीको चापलाई मध्यनजर गर्दै सेवा अवधि थप गरेका थिए भने ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरेर विरामीलाई सहज बनाएका थिए । वीर अस्पतालका ल्याब पनि उनले विहानैदेखि सन्चालन गराएका थिए । मन्त्रालयले निर्वाचन आयोगको पत्रबमोजिम उनलाई हटाइएको दावी गरेको छ । वीर अस्पताल सुधार र भ्रष्टाचारविरुद्ध अघि बढेपछि पहिलेदेखि वीरको दोहन गरेर बसेको गिरोहले उनी एमालेको सदस्य भएको भन्दै आयोगमा उजुरी दिएको थियो । आयोगले सो उजुरी आएको भनेर पत्र पठाए पनि कारवाही गर्नू भनेको थिएन । पौडेल एमालेनिकट राष्ट्रिय चिकित्सक संघका महासचिव भएकाले कारवाही गरिएको दावी मन्त्रालयको छ । यो कुनै ट्रेड युनियन नभएर पेशागत संगठन भएको पेशागत महासंघका महासचिव केदार देवकोटाले बताए । यदि पेशागत संगठनमा आबद्ध रहेको कारण हटाउने हो भने कोही पनि वीरको निर्देशक बन्न योग्य नरहेको चिकित्सकहरु बताउँछन् । किनकी उनीहरु कुनै न कुनै संगठनमा आबद्ध छन् । यसैबीच वीरको निर्देशकबाट हटाइएका पौडेलले आफूमाथिको कारवाही राणा शासन भन्दा कडा अधिनायकवादी रहेको भन्दै विधिको शासनको रट लगाउने कांग्रेसका मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको टिप्पणी गरेका छन् । पौडेलले पत्र सार्वजनिक गर्दै भनेका छन्– अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो । यो राणा शासन भन्दा कडा अधिनयकबाद हो । यसअघि आफ्ना नाता र दाताका मान्छे भर्ति गर्न वीर अस्पतालका २ सय भन्दा बढी करार कर्मचारीलाई निकालेर नयाँ विज्ञापन गरेका स्वास्थ्य मन्त्री बस्नेतले वीरमा कमिसनको खेलमा निर्देशक पौडेल बाधक बनेपछि उनलाई निकालेर आफ्नो सेटिङ मिलाउन खोजेको आरोप छ । मन्त्रीले यसअघि पटकपटक वीरको खरिदमा समेत चासो राखेका थिए । मन्त्रीका अनुचित दबाब अश्वीकर गर्दै आएका निर्देशक यहाँको खरिदलगायत विचौलियामार्फत हुने कमिसनका खेलमा बाधक हुने देखेपछि अनुकुल निर्देशक ल्याउँन डा।पौडेललाई राजनीतिक अस्त्र प्रहार गरिएको वीर अस्पताल कर्मचारी संगठनले जनाएको छ ।


सम्बन्धित समाचार