Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हामी पुराना, जाने बुझेका, नयाँ पढे लेखेका भए पनि पार्टी खोल्दैमा तीनले देश चलाउन सक्दैनन् भन्नै पर्दैन । पुरानाका नीति नियम, योजना र कार्यक्रम असफल भएर नयाँ सोच नयाँ योजना, नयाँ चिन्तन र नयाँ ढाँचामा युवा पुस्ताले चुनौती दिएको हो । यो देशका ठूला पार्टीले आलो पालो शासक बनेर अदालतदेखि निजमती र फौजी समूहमा राजनीतिक स्वार्थगत हस्तक्षेप गरेकै कारण ती संस्थाले आफ्नै ऐन नियममा चलेर निष्पक्ष हुन नपाएका हुन् । बहुमतमा सरकार बनायो, अल्ममतको आवाज दबाउने काम कसले ग¥यो ? काँग्रेस र एमालेका भ्रष्ट नेताको पैतृक सम्पित्ति बनेको गणतन्त्रमा पनि जनताको विद्रोह भयो किन ? बुझ्नु पर्दैन । कुरा तिनकै चर्का छन् । बालेन सरकार आफ्नो धुनमा छ । भ्रष्टाचारमा लिप्त एमालेको ओलीपथ काँगेसको कुलायन पथकै कारण जेनजी समूह आक्रामक हुन पुगेको हो । गफ एमालेको ओली पथले लगाउनै पर्दैन । ओलीको प्रवृत्ति र चरित्र त जनताको आवाज सुन्ने थिएन । समस्यामा केन्द्रीत नहुने हावादारी प्रचारमा विश्वास अरुले गरिदिनुपर्ने जबजको सिद्धान्त नै एमाले आक्रमणको निशानामा परेको हो । त्यसमा अपराधको भण्डार र काँग्रेसी कुलदेवी साथमा पुगिन् । ओलीले हामी सिद्धान्तकार नयाँ हाहु भन्नै पर्दैन । देउवाका लागि प्रधानमन्त्रीको तस्बीर सिंहदरबारमा झुण्ड्याउनु नै सफलता रह्यो । राम्रो गर्थे भने काँग्रेस र उमाले आज रक्षात्मक बन्नु पर्ने अवस्था आउँदैनथ्यो । संविधान जारी गर्दा तत्कालिन समयमा कार्यकारी प्रमुखको एजेन्डा माओवादीले ल्याउनु समय अनुकुल थियो । राज्यले सेतो हात्तीझै पालेका भूपू राष्ट्रपतिहरूको खर्च जोगिन्थ्यो । प्रशासनिक संरचना सुदृढ हुन्थ्यो । आफ्नो नेतालाई राजा बनाउन काँग्रेस, उमाले मिल्दा माओवादी अल्पमतमा प¥यो । आजको जस्तो राजनीतिक दबदबा हुन्थ्यो भने कार्यकारी प्रमुखको पक्षमा मत पथ्र्यो । ओलीको मैमत्ता, देउवाको सुस्तताको विरुद्ध नै नयाँ शक्ति आएका हुन्, यिनले बुझेको छै ?
खुलम खुल्ला देश लुट्ने नयाँ एजेन्डामा नक्कली भुटानी शरणार्थी र भिजिट भिसा प्रकरणमा एमालेको ओली गुट र काँगे्रेसकी कुलायन सक्रिय हुन् । सहकारी ठगीमा यिनकै नेता, कार्यकर्ता छन् । छानविनमा निष्पक्षता हुन्थ्यो भने काँग्रेस र एमालेका पहिलो र दोस्रो चरणका नेता सबै कारबाहीमा पर्थे । आजका शासकलाई तिचनले हामी जान्ने, नयाँ आएकाहरूको सिद्धान्त, कार्यक्रम, नीति, योजना केही छैन भन्नै पर्दैन । काँग्रेस, एमालेले आफ्ना जोगाउन आफैंले भर्ति गरेका पार्टी कार्यकर्तारुपी न्यायाधीश र राजदूतहरूको झुण्डको चरित्र र वर्गीय रुपले त्यो देखाउँछ । यिनको समृद्धि र विकास रवि लामिछानेले शासक बनेर भोगे, कुलमान र बालेनले सेवक बनेर भोगेका हुन् । मानव अधिकारको व्याख्या नै फरक गर्ने नेकपा इन्सेक, अमेरिकी गुप्तचर समूह सिआईको डलर लिएर एमाले कार्यकर्ताको जागिरको थलो हो । त्यो एमालेकै हो निष्पक्ष छैन । राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोगहरू इन्ेकबाट निर्देशित संस्था हुन् । अत्याचार चरम भएर नै एमाले काँग्रेस र यिनका विरुद्ध देशमा एकाएक विद्रोह भएको हो । त्यहाँ बदमासहरूका कारण नयाँ निस्कलंकहरूको पनि शिर झुकेको हो । आज कार्यकारी प्रधानमन्त्री को राष्ट्रपति भन्ने लडाइँ यहाँ छ । संसदहरू मन्त्री बन्न नपाउने विषय विज्ञहरूलाई मन्त्री बनाउने, संसदको भिड घटाउने जस्ता कुरा आज उठेको हो र ? संसदमा भएका दलको विकास एजेन्डा समेटिँदैछ । माओवादीले यो विषय ०६४ सालमै उठाएको हो । तर काँग्रेसले टेरेन, एमालेले काँग्रेसको कुरा सुन्यो । राष्ट्रघाती महाकाली सन्धिका सूत्राधार केपी ओली र शेरबहादुर देउवाबीचमा गहिरो सम्बन्धको जड त्यहाँ थियो । आज आफ्नो औकात ध्वस्त हुँद्या ओलीको घुमाई गर्दैछन् । एमालेले चुनाव नजिते परिणाम अस्वकिार गर्ने धम्की ओली दिँदै थिए । जबकि यो चुनावमा ओली नेतृत्वलाई मतदान गर्नु पर्ने कुनै कारण नै थिए । मुलुकको प्रधानमन्त्री चार पटक बन्दा ओलीले के गरे ? जनता र राष्ट्रका निम्ति ? अपराध गर्न के बाँकी रह्यो ? भ्रष्टाचार, बिचौलियापथ, माफियाकरण, भेदभाव, प्रशासनिक पक्षपात, फौजमा पार्टीकरण, निजामती प्रशासन भ्रष्टीकरण मात्र भएन कुटनीतिक क्षेत्र समेत बदनाम थियो । धार्मिक आस्था र विश्वासका धरोहरहरू समेत चोखो रहन पाएनन् । तस्करी गर्नु, राजश्व मार्नु त काँग्रेसले शुरु गरेको संस्कृति थियो । नयाँ आएकाहरूले काँग्रेस, एमालेका असफलताबाट नयाा पाठ सिकेका हुन् । पार्टीको नीति, सिद्धान्त, आदर्शमा उनीहरू चलेका थिए भने लोकतन्त्रले उमारेका मधेशी, थारु समु्दायमा खुलेका दलहरू पनि जिम्मेवार बन्नु पर्ने बाध्यतामा पर्थे । आज ती सकिए । पद र कुर्सीका लागि पुरानाले जे सिकाए नयाँले त्यो सिके, जेनजी आन्दोलनले पैदा गरेका बालेन र कुलमानले केपी ओली, शेरबहादुर देउवाका कार्यक्रम स्वीकार्न जरुरी भएन । माओवादीकै योजनामा आज पनि देश चलेकै छ । तर शासक मै खाउँ मै लाउँ चरित्रबाटट मुक्त हुन सक्नु पर्ला कि ?
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल