Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ ।  प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठलेअब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् ।

यससंगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन् । यसअघि १३ मन्त्रालय थिए । यससंगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् ।


सम्बन्धित समाचार

किन आतंकित छ दुई तिहाईको सरकार

२०८१ कार्तिक २८

ताजा नेपाल

सरकारको पौरखले अघाए शेखर

२०८१ कार्तिक २८

ताजा नेपाल