Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री

काठमाडौँ । नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका निभाइरहेको भारतले वर्तमान सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन् । उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी नै सबैभन्दा उच्चस्तरीय नेता हुन् । कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता भएको पुष्टि गर्दै दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको बताए । देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए । अनौपचारिक भ्रमणका क्रममा चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल