Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको छ ।