Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतका उपराष्ट्रपतिले दिए राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्। राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखडले लेखेका छन्, स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु। यसका साथै उनले यतिन्जेल सहयोग र सद्‌भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन्। उपराष्ट्रपति जगदीप धनखडले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल