Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतको पटनामा तीन सय नेपाली बन्धक

काठमाडौं । गरिब हुनु बेरोजगार बन्नु अपराध होइन, जनताले लडेर ल्याएको लोकतन्त्रलाई अपराधीकरणले ग्रस्त पार्दा खवरदारी भएन भने त्यहाँ छाडापन चम्कन्छ । ३५ वर्षसम्म सत्ता र शक्तिमा रजाइँ गर्नेहरूकै कमजोरीले देशमा बेथिति जागेको हो । एमालेका अध्यक्ष केपी ओली र उनको मण्डली मात्र होइन, यहाँ आर्थिक अपराधका काण्डका नायक दिपक भट्ट, अरुण अग्रवाल, विनोद चौधरीसम्म ठाडो शिरमा थिए । दश वर्षे जनयुद्धले ल्याएको गणतन्त्रका नयाँ महाराजा ओली थिए । देशको युवा बेरोजगारसँग पैसा खाएर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू कुनै छानविन बिना बादशाह बनेकै छन् । यही देशबाट मानव तस्कर गिरोहले कम्बोडियामा नेपाली युवा युवतीको तस्करी गरेको विषय उदांगिदै जाँदा भारतका विभिन्न शहरमा रोजगारी दिलाइदिने नाउमा हजारौं नेपालीमाथि श्रम शोषण गरेको कथा पार नलाग्दै भारतको पटना शहरबाट १४ किमी परको पुन पुन रेल स्टेशन नजिकै ३०० सय नेपालीलाई युरोपेली कम्पनीले बन्धक बनाएर राखेको समाचार छ । अजय बसपार्क पटनाको समाचार हो यो । त्यहाँ बन्धक बनाइएकाहरू अधिकांश दलित परिवारका छन् । खोटाङ, संखुवासभा, उदयपुर, नुवाकोटका वस्तीबाट रोजगारी दिलाइदिने नाउमा शुरुमा १७ हजार उठाइन्छ । समाचारअनुसार युरोपेली कम्पनीले कपडामा बुट्टा भर्ने कपडा बुन्न काम लगाए जस्तो गरेर बन्धक बनेको सात दिन पार गरेपछि रु २ लाख उठाउँछ । जसले घरबाट रु २ लाख ल्याउँछ, उसलाई मासिक रु १५ हजार तलब दिए जस्तो गर्छ । महिलामाथि यौन शोषण गर्नु वेश्यालयमा बेच्नु त्यो कम्पनीको लागि सामान्य हो । नेपालमा युवा युवती संकलन गर्ने खोटाङका खेमराज पोखरेल, संखुवासभाका गणेश खाती, उदयपुरका होम विश्वकर्मा हुन् । पोखरेल र खातीले भारतीय मोबाइल चलाउँछन् । तीनको नम्बर +९१६२०२१८३०७० र +९१८०१८४६७११० हो भने नेपाली फोन नं. ९८२७७१५७५० होम विकले चलाउँछन् । कम्पनीसँग मिलेर नेपाली माथि शोषण गर्ने अपराधीहरूलाई पक्राउ गर्ने हो भने भारतमा नेपलाीमाथि शोषण गर्ने तस्करहरूको जालो पर्दाफास हुन्छ । खोटाङका खेमराजले उदयपुर त्रियुगा नगरको वडा नं. १२ मा घर बनाएका छन् । उनले त्यही घरलाई पटनामा युरोपियन कम्पनीको गार्मेन्टमा रोजगारी दिलाउने आश्वासनमा लुट्न सहज हुने ठानेका छन् । भारतीय बिहारी नागरिकहरूसँग ठूलो मतभेद भएको त्यो कम्पनीमा स्थानीयलाई रोजगारी नदिलाउनु हो ।

भाग्यमा आएको लुट धन्दा
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर आफ्नो बन्दोबस्त गर्ने केपी ओली पत्नीको मानव धर्म सेवा आश्रम र स्वकिय सचिव राजेश बज्रचार्य चर्चामा छन् । बेचन झा प्रकरणले ल्याएको हलचलले रामबहादुर थापा श्रीमती नैनकला थापा, पुत्र प्रतीक थापा, काँग्रेसी कुलायन डा. आरजु राणा, बालकृष्ण खाँण, मञ्जु खाँण जस्ता पौरखीहरूलाई त छोएको छैन भने नेपाली युवा युवती भारतका शहरमा बेचेर बन्धक बनाउनेहरूमाथि कारबाही गर्ने कसले ? वर्तमान सरकारको गृहमन्त्रालयले नै नेपाली नागरिकलाई भिजिट भिसा मार्फत् ठगेको कथा छानविन हुँदैन । धन्दा चल्दा गृहमन्त्री रमेश लेखकको भागमा दैनिक ५५ लाखसम्म परेको बताइन्थ्यो । अब आफैं अर्बपति गृहमन्त्रीको भागमा कति आउँछ ? केपी ओली र आरजु राणाहरूले देश लुट्न भाग्यमै लेखेर ल्याएका हुन् । त्यही कारण उनीहरूमाथि कानुन लाग्दैन । कारबाही हुँदैन, छानविन पनि हुँदैन भन्ने भ्रम जनतामा छ । प्रहरी अख्तियार, अदालतमा तिनकै भक्त भजन मण्डालीले भरिएको छ । रास्वपाको बहुलठ्ठी पनका नायक बालेन्द्र शाह प्रधानमन्त्री छन् । उनी सांसद बन्दा के के न लछार्छन भन्ने थियो । तर उनले प्रधानमन्त्री बनेर संसदीय अभ्यास लत्याए । मुलुकको कार्यकारी पदको गरिमाको धज्जी उडाएपछि जनताले प्रधानमन्त्रीको सामाजिक सञ्जालको प्रचारलाई पत्याउन छाडेको छ । संसदीय अभ्यास लोकतन्त्रलाई बलियो बनाउने स्वतन्त्र प्रेसले हो । प्रेसको नाउमा देश लुट्ने कैलाश सिरोहिया, क्याप्टेन रामेशवर थापा, विनोद ज्ञवाली बन्धुहरूलाई समेत बालेन्द्र सरकारको हविगत मन परेको छैन । सूचनाको हक बन्धक बनाउने, राष्ट्रियताको संरक्षण गर्ने, स्वरोजगार मुलुक पत्रपत्रिका बन्द गराएर निरंकुशताको जग बसाउन वर्तमान सरकार सफल बन्दै गर्दा सभापति लामिछानेको १२ भाई व्याख्याको निशानीमा सिंगै प्रेस जगत बनेको छ ।