Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पेट्रोलको मूल्य घटएर पठाएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ पनि घटेर आएको छ । जसअनुसार डिजेलमा प्रतिलिटर ६.४० रुपैयाँ मूल्य घटेर आएको छ ।
आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ । यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३÷३ रुपैयाँ बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो। बिहीवारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ।
भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य घटाउने मनस्थितिमा छैन् । बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन्।


सम्बन्धित समाचार