Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भारतमा कोभिड १९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ । यसैगरी महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।
२०८२ जेष्ठ २१
ताजा नेपाल
२०८२ जेष्ठ २१
ताजा नेपाल
२०८२ जेष्ठ २१
ताजा नेपाल